नारायणहिटी दरबार संग्रहालय वरपरका स्थानलाई निषेधित क्षेत्र घोषणा

जेष्ठ १६, २०८२

काठमाडौं प्रशासनले नारायणहिटी दरबार संग्रहालय वरपरका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै भोलिदेखि लागू हुने गरी असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्नु भएको हो । 

सूचनाअनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधित क्षेत्र तोकिएका स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जनाउनुभयो । 


प्रतिक्रिया