च्याम्पियन्स लिग फुटबलको उपाधि पीएसजीलाई

जेष्ठ १८, २०८२ | काठमाडौं

पेरिस सेन्ट–जर्मेन पीएसजीले यूइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । एलियान्ज एरिना स्टेडियममा गएराति भएको खेलमा इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो । 

पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । पीएसजीको जितमा डिजाए डुले २ तथा आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १÷१ गोल गरे ।

नेइमार, लियोनल मेसी, किलियन एम्बाप्पेको एरामा च्याम्पियन्स लिग जित्न नसकेको पीएसजीलाई युवा खेलाडीले च्याम्पियन बनाएका हुन् । 

पीएसजीले सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । यसअघिको सन् २०२० मा पीएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो । त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो ।


प्रतिक्रिया