बिना प्रमाण गृहमन्त्रीको राजिनामा मागियोः प्रधानमन्त्री ओली

जेष्ठ १९, २०८२ | काठमाडौं
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले बिना प्रमाण गृहमन्त्री रमेश लेखकको राजिनामा मागिएको भन्दै संसदमा जारी अवरोध अस्वीकार्य भएको बताउनुभएको छ ।
पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विपक्षीको अवरोधको सामना गर्न सांसदहरुलाई आग्रह समेत गर्नुभयो ।
बैठकमा संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । यसैबीच, प्रधानमन्त्री ओलीले पार्टीका मन्त्रीहरुले संसदीय गतिवधिलाई महत्व नदिएको भन्दै असन्तुष्टी जनाउनुभयो ।
संसदमा भोलिबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुँदैछ ।