नेदरल्याड्सद्वारा नेपाललाई २ सय २६ रनको लक्ष्य

जेष्ठ २१, २०८२ | काठमाडौं

आईसीसी विश्वकप लिग टु अन्तर्गत दोस्रो खेलमा नेदरल्याड्सले नेपाल सामू जितका लागि २ सय २६ रनको लक्ष्य पेश गरेको छ । 

स्कटल्याण्डको डुण्डीमा टस जितेर सुरुवाती ब्याटिङ गरेको नेदल्याण्ड्सले ४९ दशमलव १ ओभरमा अल आउट हुँदै २ सय २५ रनको योगफल बनाएको हो । डच टोलीका लागि नोआ क्रोजले सर्वाधिक ४८ कप्तान स्कट एर्डवाड्सले ४६ तथा विक्रमजित सिंहले ३८ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३, करण केसी, सन्दिप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए ।

नेपालले टोलीमा आज एक परिवर्तन गरेको छ । नेपालले तीव्र गतिका बलर रिजन ढकालको स्थानमा स्पिनर ललित राजवंशीलाई स्थान दिएको हो । यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको थियो । 

एकदिवसीय खेलमा नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म पाँच खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले तीन खेल जितेको छ भने दुई खेलमा नेपाल विजयी भएको छ । नेदरल्याण्ड्स लिग टु तालिकामा २० खेलबाट २६ अंकसहित दोस्रो स्थानमा छ भने १३ खेलबाट नेपाल ८ अंकसहित सातौं स्थानमा छ । 


प्रतिक्रिया