स्कटल्याण्डद्वारा नेपाललाई २ सय ९७ रनको लक्ष्य

जेष्ठ १९, २०८२

आईसीसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको एक दिवसीय त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेपालसामू २ सय ९७ रनको लक्ष्य पेश गरेको छ । 

डण्डीस्थित स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २ सय ९६ रनको योगफल तयार पारेको हो । स्कटल्याण्डका लागि चार्ली टेयरले ८०, फेन्ली म्याक्रिथले ५५ तथा कप्तान रिची बेरिङ्टनले ४० रन बनाए । नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २–२ विकेट लिँदा सन्दिप लामिछानेको नाममा १ विकेट रह्यो ।

लिग टू अन्र्तगतको त्रिकोणात्मक सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्याण्ड्स सहभागी छन् । हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ८ खेलमध्ये ४ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ ।  


प्रतिक्रिया