भिजिट भिसाको नाममा राज्यले गरेको अपराध सामान्य होइन : सन्तोष परियार

जेष्ठ २२, २०८२ | काठमाडौं

भिजिट भिसा प्रकरणले प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध भइरहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिन समिति नबनाए संसद् चल्न नदिने विपक्षी दलको अडान छ । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको चौंथो पटक पनि बैठक अवरुद्ध भएको छ । 

यसअघि जेठ १३ र १४ का लागि बोलाइएका बैठकमा विपक्षी दलले अवरोध गरेका थिए । त्यस्तै भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नहुँदा मंगलबार र बुधबारका लागि बोलाइएको बैठक पनि अवरुद्ध भयो । 

जेठ १५ मा संसद्मा बजेट प्रस्तुत भएपछि भएका सबै बैठक विपक्षीका कारण अवरुद्ध र स्थगित हुँदै आएका छन् । जसका कारण संसद्मा बजेट सम्बन्धी छलफल र कर्मचारी सम्बन्धी विधेयक अघि बढ्न सकेको छैन । कार्यक्रममा आज हामी यी लगायत विषयमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग संवाद गर्दैछौं । 


प्रतिक्रिया