युद्ध रोक्न रुस र युक्रेनका प्रतिनिधिबीच शान्ति वार्ता हुँदै

जेष्ठ १९, २०८२ | काठमाडौं

रुस र युक्रेनका प्रतिनिधिमण्डल दोस्रो चरणको शान्ति वार्ताका लागि जुटेका छन् ।

 दुबै पक्षले आक्रमण तीब्र पारेका बेला टर्कीको इस्तानबुलमा शान्ति वार्ताका लागि प्रतिनिधि मण्डल जुटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनमा मस्कोको सबैभन्दा ठूलो हवाई आक्रमण पछि रूसका सैन्य अड्डाहरुमा कीभले पनि सयौं ड्रोनहरु आक्रमण गरेको छ । 

शिखर सम्मेलनका लागि लिथुआनियामा रहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने इस्तानबुल वार्ताले केही परिवर्तन गर्न नसक्ने बताउनु भएको छ । 

रूसले नयाँ प्रतिबन्धहरूको सामना गर्नुपर्ने उहाँको भनाइ छ । वार्ताले सफलता पाउने सम्भावना नरहे पनि रूस र युक्रेन दुवै मूलुक ह्वाइट हाउससँगको आफ्नो सम्बन्धमा तनाव उत्पन्न गर्न नचाहेको पनि विश्लेषण भएका छन् । गत महिना टर्कीमा भएको अघिल्लो चरणको वार्ताले युद्धबन्दी आदानप्रदान बाहेक कुनै महत्वपूर्ण परिणाम ल्याउन सकेन । 


प्रतिक्रिया