भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा हुनुपर्ने माओवादी केन्द्रको निश्कर्ष

जेष्ठ १९, २०८२ | काठमाडौं

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीबाट रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणको छानिबनका लागि गृहमन्त्रीबाट लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता र संसद बैठकका विषयमा थप छलफल गर्न भोलि विपक्षी दलहरूको बैठक बस्ने पुनले जानकारी दिनुभयो । गृहमन्त्रीको राजीनामा माग्दै संसद्को बैठकमा माओवादीसहित विपक्षी दलले अवरोध गर्दै आएका छन् । 


प्रतिक्रिया