श्रीलङ्कामा हुने भनिएको महिला इमर्जिङ एसिया कप स्थगित

जेष्ठ १९, २०८२ | काठमाडौं

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको पनि सहभागीता रहने एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको दोस्रो संस्करण स्थगित गरिएको छ । 

एसियाली क्रिकेट परिषद् एसिसीले श्रीलंकाको प्रतिकूल मौसम र स्वास्थ्य अवस्था कारण देखाउँदै प्रतियोगिता केही समयका लागि स्थगन गरेको हो । प्रतियोगिता आगामी जुन ६ देखि श्रीलंकामा सुरु हुने तय भएको थियो । नयाँ तालिका चाँडै नै सार्वजनिक गर्ने एसीसीले जनाएको छ । 

पहिलो संस्करणको प्रतियोगिता सन् २०२३ मा हङकङमा आयोजना भएको थियो । जसमा भारत ‘ए’ ले फाइनलमा बंगलादेश ‘ए’ लाई ३१ रनले हराउँदै च्याम्पियन बनेको थियो । 


प्रतिक्रिया