आन्दोलनबाट सरकार डरायोः राजेन्द्र लिङदेन

जेष्ठ १७, २०८२ | काठमाडौं
राप्रपा लगायत दल र राजावादी समूहले राजसंस्था पुनः स्थापना र हिन्दु राष्ट्रको मागसहित आज पनि प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजैदेखि लागू हुने गरी नारायणहिटी दरबार संग्राहालय क्षेत्रलाई असार २४ गतेसम्म निषेधित क्षेत्र तोकेपछि उनीहरूले कार्यक्रमस्थल परिवर्तन गरेका हुन् । नारायणहिटी क्षेत्रमा प्रदर्शन गर्न नपाएपछि उनीहरुले शान्तिबाटिकाबाट बालुवाटार क्षेत्रमा पुगेर प्रदर्शन गरेका थिए । यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरुको आन्दोलनबाट सरकार डराएको आरोप लगाउनुभएको छ ।
<iframe width="1310" height="737" src="https://www.youtube.com/embed/apE_DlupIBw" title="Kantipur Diary 06: 30 PM | Saturday 31 May 2025 | कान्तिपुर डायरी | Anil & Nabin | Kantipur FM" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
राजावादीको आन्दोलनको प्रतिवाद गर्न प्रधानमन्त्री केपी ओलीले आह्वाान गर्दा आफूलाई फाइदा भएको राप्रपाका अध्यक्ष लिङदेनको भनाइ छ । ओलीको अभिव्यक्तिले आन्दोलनलाई असर नपारेको उहाँले उल्लेख गर्नुभयो ।
तेस्रो दिनको आन्दोलनमा राप्रपा, राप्रपा नेपाल सहितका दल र समूहका नेता कार्यकर्ता सहभागी भएका थिए ।