नवलपरासीमा एम्बुलेन्स र स्कूल भ्यान ठोक्किँदा १ जनाको मृत्यु, ७ जना घाइते

जेष्ठ १९, २०८२ | काठमाडौं

नवलपरासी पूर्वको दुुम्कौली चोकमा एम्बुलेन्स र स्कूल भ्यान आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

दुर्घटनामा स्कूलको भ्यानका चालक देवचुली नगरपालिका–१ बस्ने ५२ वर्षीय कुलप्रसाद सुवेदीको मृत्यु भएको हो । घाइते सुवेदीको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

 नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको एम्बुलेन्स र दिव्य एकेडेमी बोर्डिङ स्कूलको भ्यान देवचुली–२ दुम्कौली चोकमा दुर्घटनमा परेको हो ।


प्रतिक्रिया