भाडामा मान्छे ल्याएर आन्दोलन गर्नुको औचित्य छैनः दाहाल

जेष्ठ १७, २०८२ | काठमाडौं
माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलन गरेर राजतन्त्र फर्काउन सम्भव नभएको बताउनुभएको छ ।
नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै दाहालले भाडामा मान्छे ल्याएर राजावादीको आन्दोलन भएको टिप्पणी समेत गर्नुभयो । संसदमा बसेर संविधानको विरोध गर्नु नैतिक दृष्टिले गलत भएको दाहालको भनाइ छ ।
अर्को प्रसंगमा दाहालले आफूहरु सरकार ढाल्ने खेलमा नलागेको दावी गर्नुभएको थियो ।