रुपमा पुल भत्किएर रेलमाथि खस्दा सातको मृत्यु

जेष्ठ १८, २०८२ | काठमाडौं

रुसमा युक्रेनी सीमा नजिकै राजमार्गको पुल भत्किएर रेलमाथि खस्दा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना घाइते भएको रुसको आपत्कालीन सेवाले जनाएको छ । 

उद्धारकर्मीले अझै पनि रेलभित्र फसेका मानिसको खोजी गरिरहेको रुसको आपत्कालीन मन्त्रालयलाई उद्दृत गर्दै बीबीसीले उल्लेख गरेको छ । रुसको रेलवेले टेलिग्राममा एक विज्ञप्ति जारी गर्दै यातायात प्रणालीमा अवैध हस्तक्षेपका कारण पुल भत्किएको आरोप लगाएको छ । 

स्थानीय गभर्नरले एक बच्चासहित दुई जना गम्भीर घाइते भएको र सबै घाइतेलाई अस्पताल पठाइएको बताएका छन् । मस्कोको अन्तर–क्षेत्रीय यातायात अभियोजन कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको बताएको छ । 

त्यहाँका अधिकारीहरुले दुर्घटनाको समयमा रेल गुज्रिरहेको र पुल भत्किँदा यसको इन्जिन र केही कोच पटरीबाट खसेको बताएका छन् । कुस्र्क ओब्लास्टका कार्यवाहक गभर्नर अलेक्ज्याण्डर खिन्स्टेनका अनुसार आज बिहान कुस्र्क क्षेत्रको ट्रोस्ना–कालिनोभका राजमार्गमा रहेको दोस्रो पुल पनि भत्किएको छ ।


प्रतिक्रिया