पाकिस्तानको पञ्जाब प्रान्तमा ३४ जना आतंकवादी पक्राउ

जेष्ठ १७, २०८२ | काठमाडौं
पाकिस्तानको पञ्जाब प्रान्तमा ३४ जना आतंकवादीहरु पक्राउ परेका छन् ।
त्यहाँको सुरक्षा अधिकारीले आतंकवादीको योजना विफल पार्दै उनीहरुलाई गिरफ्तार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेका अधिकांश लडाकुहरू प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान समूहका रहेको बताइएको छ ।
जसमध्ये तीन जनालाई सबैभन्दा खतरनाक आतंकवादीको रूपमा वर्गीकरण गरिएको विज्ञप्तीमा उल्लेख छ । सो विभागले यो साता पञ्जाब प्रान्तका विभिन्न जिल्लामा ४ सय १५ वटा गोप्य अप्रेसन गरेको थियो । विभागकाअनुसार आतंकवादीहरूले कानुन लागु गर्ने अधिकारीहरू र प्रान्तका महत्वपूर्ण भवनहरूलाई लक्षित गर्ने योजना बनाएका थिए ।