भारतमा थप ३ सय ६३ जनामा कोरोना संक्रमण

जेष्ठ १८, २०८२ | काठमाडौं

भारतमा कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो पटक ३ सय ६३ नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 जसमा २ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा अहिले ३ हजार ७ सय ५८ कोरोना संक्रमित छन् । यसअघि १ हजार ८ सय १८ कोरोना संक्रमित निको भएर घर फर्किसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार त्यहाँ अहिले फैलिएको कोभिड १९ को नयाँ ओमिक्रोन उप भेरिएन्ट हो । यद्यपी, यो भाइरस कम जोखिमयुक्त भएको र अधिकांश बिरामीको उपचार घरमा नै सम्भव भएको बताइएको छ । विश्व स्वस्थ्य संगठनले पनि यसलाई जोखिमको सूचीमा राखेको छैन ।

 तर, कोभिड १९ का संक्रमितमा लक्षणहरु कति लामो समय रहने र यसले पछि महामारीको रुप लिन सक्ने या नसक्नेबारे जानकारी दिइएको छैन । 


प्रतिक्रिया