अबरुद्ध कोशी राजमार्ग एकतर्फी सुचारु

जेष्ठ १७, २०८२ | धनकुटा
कोशी राजमार्ग अन्तर्गत धनकुटाको सागुरीगढी गाउँपालिका ६ फेदीमा लेउती खोलाले बगाएर अबरुद्ध सडक एकतर्फी खुलाइएको छ ।
अस्थायी डाइभर्सन बनाएर सडक खुलाइएको हो । सडक खुलाउन सडक बिभागको १ र भाडाका ३ वटा स्काभेटर परिचालन गरिएको छ ।
लेउती खोलाको धार फर्काएर अस्थायी डाइभर्सन मार्फत गाडी आउँने जाने बनाइएको प्रहरीले जनाएको छ ।