नेपालद्वारा अभ्यास खेलमा ‘स्कटल्याण्ड ए’ लाई २ सय ५४ रनको लक्ष्य

जेष्ठ १७, २०८२ | काठमाडौं

विश्वकप लिग टु खेलका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले घरेलु टोली ‘स्कटल्याण्ड ए’ लाई २ सय ५४ रनको विजयी लक्ष्य पेश गरेको छ । 

 फर्टहिलमा टस जितेर सुरुवाती ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ४५ ओभरमा ९ विकेटको क्षतिमा २ सय ५३ रन बनाएको हो । नेपालका लागि गुलशन झाले सर्वाधिक ६४, कप्तान रोहितकुमार पौडेलले ६१ तथा भिम सार्कीले ५७ र कुशल भूर्तेलले ३१ रन बनाए । स्कटल्याण्ड ए टिम अहिले जवाफि ब्याटिङमा छ । 

 लिग टुको चौथो चरणको खेलका लागि स्कटल्याण्ड पुगेको नेपाली टोलीले स्कटल्याण्ड ‘ए’ सँग दोस्रो अभ्यास खेल खेलेको हो । यसअघि, बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाली टोली १ सय २ रनले पराजित भएको थियो । स्कटल्याण्ड भ्रमणका क्रममा रहेको नेपाली टोलीले घरेलु टोली र नेदरल्याण्डस्सँग २–२ वटा एक दिवसीय म्याच खेल्ने छ ।  


प्रतिक्रिया