गाजाको अन्तिम अस्पताल पनि बन्द

जेष्ठ १७, २०८२

उत्तरी गाजामा स्वास्थ्य सुविधा दिँदै आएको अन्तिम अस्पताल पनि बन्द गरिएको छ । इजरायली सेनाले तत्काल अस्पताललाई खाली गर्न निर्देशन दिएको अस्पतालका निर्देशकले बताएका छन् । दुई साताको घेराबन्दीपछि बिहीबार साँझ जबालियाको अल–अवदा अस्पतालबाट बिरामीलाई निकालिएको अस्पतालका निर्देशक डा. मोहम्मद साल्सालाई उद्यृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँका अनुसार अब उत्तरी क्षेत्रमा कुनै स्वास्थ्य सुविधाले काम गर्न सक्ने छैन । युद्धविरामको प्रयास जारी रहेका बेला यस्तो घटना आएको हो । इजरायली रक्षा बलले भने यस विषयमा अहिलेसम्म कुनै जवाफ दिएको छैन ।

यता, हमासले युद्धविरामलाई लिएर अमेरिकी योजनाको राम्रोसँग समीक्षा गरिरहेको बताएको छ । ह्वाइट हाउसमा यस विषयमा इजरायलले हस्ताक्षर समेत गरेको छ । गाजा क्षेत्रमा इजरायलको सैन्य अभियान जारी छ । गाजा क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया