च्याम्पियन्स लिग फुटवलको उपाधिका लागि पिएसजी र इन्टर मिलान खेल्दै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १७, २०८२ | काठमाडौं

च्याम्पियन्स लिग फुटवलको उपाधिका लागि पेरिस सेन्ट–जर्मेन (पिएसजी) र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ । 

जर्मनीको म्युनिखमा नेपाली समयअनुसार राति पौने १ बजे फाइनल म्याच शुरु हुनेछ । फ्रान्सेली क्लव पिएसजीले नकआउट चरणमा लिभरपुल र आर्सनललाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । 

इटालियन क्लव इन्टर मिलानले भने बार्सिलोना र बायर्न म्युनिखलाई हराउँदै फाइनलमा पुगेको हो ।   


प्रतिक्रिया