गाजामा युद्ध विराम गर्ने अमेरिकाको प्रस्तावमा इजरायल सहमत

जेष्ठ १६, २०८२ | काठमाडौं
गाजा क्षेत्रमा हमास विरुद्ध जारी आक्रमणकबीच इजरायलले युद्ध विरामको प्रस्तावमा हस्ताक्षर गरेको छ ।
अमेरिकाको प्रस्तावमा इजरायलले गाजामा युद्ध विरामको प्रस्तावमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायलले हस्ताक्षर गरेको सो प्रस्तावलाई प्यालेष्टाइनी सैन्य समुह हमासलाई पठाइएको ह्वाइटहाउसकी प्रवक्ता क्यारोलिन लिभिट्ले बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष प्रतिनिधिले सो प्रस्ताव हमासलाई पठाएको जनाइएको छ ।
यसैबीच हमासले अमेरिकाको युद्ध विरामसम्बन्धी नयाँ प्रस्ताव अस्वीकार गरेको छ । एक वरिष्ठ हमास अधिकारीले प्यालेस्टिनी सशस्त्र समूहले गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अमेरिकाको नयाँ प्रस्ताव अस्वीकार गर्ने बताएको समाचारमा जनाइएको छ ।