गोरखा–आरुघाट सडकखण्डस्थित ढुङ्गगाढेको सडक भसिएपछि सवारी आवागमन रोकियो

जेष्ठ १८, २०८२ | गोरखा

गोरखा–आरुघाट सडक खण्ड अन्तरगत गोरखा नगरपालिका–८ स्थित ढुङ्गगाढेमा सडक भासिएपछि सवारी आउजाउ प्रभावित भएको छ । 

गत वर्षको वर्षको वर्षायाममा चर्किएर जोखिमपूर्ण बनेको सो स्थानमा हिजो साँझ परेको पानीका कारण सडक भासिएको हो । आरुघाट, मनकामना लगायत क्षेत्रमा पुग्नका लागि प्रयोग हुने सो सडक भासिएपछि ठूला सवारी सञ्चालन हुन सकेको छैन ।

 जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्र प्रसाद सुवेदीका अनुसार साना र २ पाङ्ग्रे सवारी सञ्चालन भएपनि अन्य यातायातका सधन सञ्चालन हुन सकेको छैन । पानी परे सो स्थानमा अझै पहिरो जाने र सडकमा क्षति पुग्ने जोखि रहेको शहिद लखन गाउँपालिका–७ का वडा अध्यक्ष शरण श्रेष्ठले बताउनुभयो ।

 सो सडक खण्ड हुँदै शहिद लखन, भिमसेन थापा, आरुघाट, चुमनुव्री लगायत पालिकाका स्थानीय सदमुकम सम्म आउजाउ गर्दै आएका छन् । गत वर्ष गएको पहिरो पूर्ण रुपमा नियन्त्रण नहुँदा समस्या भएको स्थानीय प्रशासनले जनाएको छ ।   


प्रतिक्रिया