संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य सर्त हो : गृहमन्त्री अर्याल
पुस २४, २०८२ | काठमाडौं
गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य सर्त भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वमा निर्वाचन महत्वपूर्ण भएको बताउनुभयो ।
मन्त्री अर्यालले निर्वाचनको सुरक्षामा आवश्यक सबै व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच, कानून मन्त्री अनिल सिन्हाले एउटा कानून बनाउन ५ बर्ष लगाउने व्यक्तिलाई चुनावमा जिताउन नहुने बताउनुभएको छ । आज आयोजित कार्यक्रममा मन्त्री सिन्हाले निर्वाचनका लागि सरकारले आवश्यकता अनुसार काम गरिरहेको बताउनुभयो।











