राष्ट्रिय महिला तथा पुरुष फुटसल टोलीको विदाई
पुस २५, २०८२ | काठमाडौं
थाइल्याण्डमा हुने साफ फुटसल च्याम्पियनसिप खेल्ने जाने नेपालको पुरुष तथा महिला फुटसल टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आज एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेको हो ।
जनवरी १३ देखि २६ सम्म संचालन हुने च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको हो ।
पुरुष फुटसल टिमले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेपनि महिला टिमले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेल्न लागेको हो ।
पुरुष टिमको मुख्य प्रशिक्षकमा अनिलबहादुर गुरुङ छन् भने कप्तानमा विजय श्रेष्ठ छन् ।
यस्तै, महिला टिमको मुख्य प्रशिक्षकमा विक्रम महर्जन र कप्तानमा दीपा राई छिन् ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तान र श्रीलंका गरी दक्षिण एसियाका सातै देशको सहभागिता छ ।






