चार तला माथिबाट खसेर श्रमिकको मृत्यु

पुस २६, २०८२ | विराटनगर

झापाको मेची नगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलमा काम गर्ने क्रममा चार तला माथिबाट खस्दा एक श्रमिकको मृत्यु भएको छ ।

न्यु इन्फ्रा हेवन कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ‘ईस्टन होटल’को चौथो तलामा फलामको पाइप सार्ने क्रममा सप्तरीको खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षका नरेश कुमार मण्डलको खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते मण्डलको मेची–आम्दा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया