अस्ट्रेलियाको दक्षिण–पूर्वी क्षेत्रमा डढेलो फैलिँदा सयौँ घर जलेर नष्ट

रेडियो कान्तिपुर संवाददाता

पुस २६, २०८२ | काठमाडौं

अत्यधीक तापक्रमकाबीच अस्ट्रेलियाको दक्षिण–पूर्वी क्षेत्रमा फैलिएको डढेलोले उग्र रुप लिएको छ । डढेलोका कारण सयौँ घर जलेर नष्ट भएका छन् भने हजारौँ घरमा विद्युत् सेवा अवरद्ध भएको छ ।

डढेलो नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रक परिचालन गरिएको छ । भिक्टोरिया राज्यमा मात्रै ३ लाख हेक्टरभन्दा बढी वन क्षेत्र जलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

अहिले पनि विभिन्न स्थानमा गरि १० वटा ठूला डढेलो सक्रिय रहेको समाचारमा जनाइएको छ । भिक्टोरियामा राज्यमा डढेले उच्च तहमा पुगेपछि छिमेकी राज्य न्यू साउथ वेल्समा सतर्कता अपनाउन भनिएको रोर्यटर्सले छ ।

भिक्टोरियामा डढेलोका कारण घरसहित १ सय ३० भन्दा बढी संरचना ध्वस्त भएका छन् भने करिब ३८ हजार घर र व्यवसायमा विद्युत् आपूर्ति बन्द भएको छ । 

स्थानीय अधिकारीहरुका अनुसार यो डढेलो सन् २०१९–२०२० पछिको ठूलो हो । यसैबीच त्यहाँका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशका धेरै भागमा डढेलोको अवस्था भयावह बनेको जनाउँदै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।  


प्रतिक्रिया