धनुषाको मिथिला नगरपालिका–२ सुग्जोरमा दुई समूहबीच झडप
पुस २६, २०८२ | धनुषा
धनुषाको मिथिला नगरपालिका–२ सुग्जोरमा दुई समूहबीच झडप भएको छ । झड्पका क्रममा दुबैतर्फका ८ जना घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा रहेको सतलोक आश्रमले वरिपरिको ऐलानी जग्गा हड्पेको भन्दै आज जग्गा नापजाँच गर्ने समय तोकेको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको हो ।
झडपमा घाइते भएकाहरुलाई अहिले उपचारको लागि जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ । यसैबीच, सो क्षेत्रमा झडप हुँदा अवरुद्ध भएको जनकपुर–ढल्केवर सडकखण्ड संचालनमा आएको छ ।
अपराह्नबाट अवरोध हटेको र स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ ।











