एक्सट्रिममय नारायणी नदी किनार

रेडियो कान्तिपुर संवाददाता

पुस २६, २०८२ | चितवन

चितवनको नारायणगढस्थित नारायणी नदी किनार आज एक्सट्रिममय भयो । गीत संगीत, नाचगान, रमाईला खेल, र आकर्षक पुरस्कार । एक्सट्रिम इनर्जी डिर्ङ्क्सले प्रायोजन गरेको सातौं संस्करणको रेडियो अन ह्वील्सको छैटौं कार्यक्रममा सबैभन्दा आकर्षणको केन्द्रबिन्दु एक्सट्रिमले वितरण गरेको टी२० विश्वकप क्रिकेटको टिकटसहितको आकर्षक प्याकेज रह्यो । 

पुसको चिसोको पर्वाह नगरी दर्शकहरु नारायणी नदी किनारमा राति ८ बजेसम्म झुमेका थिए । गायक शिव परियारले आफ्ना एक दर्जन बढी हिट गीत गाएसँगै कार्यक्रम समापन भएको थियो । उनले नारायणगढले आफूलाई संधैं माया गर्ने गरेको भन्दै आभार प्रकट गरे । त्यसअघि राजा राजेन्द्र पोखरेलले हाँस्यव्यंग्य र प्यारोडी मिसिएको प्रस्तुति दिएका थिए ।

 उनले राजनीति, नेपाली गीत संगीत र समाजको चरित्रमाथि कटाक्ष गरेका थिए । त्यस्तै अर्का गायक विश्व नेपालीले पनि मै पनि बन्छु कवि देवकोटा, मिठो साह्रै मिठो, परान परान जस्ता चर्चित गीतहरु प्रस्तुत गरेका थिए । 

डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल तथा सिजन–१ की विजेता रोसिका राउतले पनि दर्शकहरुलाई नृत्यमार्फत् भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यसमाथि एक्सट्रिम इनर्जी डिर्ङ्क्सको तर्फबाट रोड शोमा सहभागी भएको डान्सरहरुले पनि छुट्टै प्रस्तुति दिएका थिए ।

नारायणगढको कार्यक्रममा एक्सट्रिम इनर्जी डिर्ङ्क फ्यान बन्दै विश्वकपको टिकट स्थानीय उर्मिला श्रेष्ठले जितिन् । उनको नाम गोलाप्रथाबाट कार्यक्रमको अन्त्यमा निकालिएको थियो । उनी रोड शो मा पुरस्कार जित्ने दोस्रो महिला हुन् । यसअघि पनि सुर्खेतमा आयोजित कार्यक्रममा सुष्मा अर्यालले विश्वकपको टिकट जितेकी थिइन् ।

रेडियो अन ह्वील्समा सहभागीहरूले यसपटक आगामी फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० विश्वकपको टिकटसहित ४ रात ५ दिनको विशेष प्याकेज र दुईतर्फी यातायात सुविधा जित्ने अवसर पाउने छन्।

 कार्यक्रम आयोजना हुने १५ वटै स्थानमा एक्सट्रीम वा म्याक्स टाइगर इनर्जी ड्रिङ्क्स खरिद गर्ने सहभागीको नाम र नम्बर लक्की ड्रमा समावेश गरिने आयोजकले जनाएको छ। प्रत्येक स्थानबाट एक–एक जना भाग्यशाली विजेताले विश्वकप प्याकेज जित्नेछन्।

चितवनपछि आईतबार रोड शो मकवानपुरको मनहरि बजारमा आयोजना हुनेछ । कार्यक्रमको टाइटल स्पोन्सर एक्सट्रीम इनर्जी ड्रिङ्क्स रहेको छ भने पावर्ड बाइ मा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टिभीएस रेडर रहेका छन्।

 इन्टरनेट पार्टनरमा वाइफाइ नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बन्डिङ पार्टनरमा राठीकोल रहेका छन्। कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ।


प्रतिक्रिया