बेलायतमा भारी हिमपातका कारण जनजीवन प्रभावित
पुस २५, २०८२ | काठमाडौं
बेलायतका विभिन्न स्थानमा भएको भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ । स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड तथा इङ्ग्ल्यान्डका विभिन्न क्षेत्रमा आँधी सहित हिमपात भएको हो । हिमपातका कारण जनजीवन अस्तव्यस्त भएसँगै स्थानीय अधिकारीहरुले सतर्कता अपनाउन भन्दै चेतावनी समेत जारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
‘गोरेटी’ नामक आँधीका कारण तीव्र हावाहुरी र भारी हिमपात भएपछि बेलायतभर ४४ हजारभन्दा बढी घरधुरी विद्युत्विहीन भएका छन् भने मौसममा देखिएको प्रतिकूलताका कारण यातायात सेवा समेत प्रभावित भएको बीबीसीले जनाएको छ ।
हिमपात भएका स्थानमा १ सय ५९ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको समाचारमा उल्लेख छ । विद्युत विहीन इङ्ग्ल्यान्डको दक्षिण–पश्चिमी क्षेत्रमा उच्च जोखिमको सम्भावन रहेको भन्दै स्थानीय अधिकारीहरुले चेतावनी जारी गरेका छन् ।








