संसदीय समितिहरुले भोलि नेतृत्व पाउने
वैशाख ३, २०८३ | काठमाडौं
मिनि संसद् मानिने संसदका १२ वटा समितिले भोलि नेतृत्व पाउने भएका छन् । दलहरुको प्रतिनिधित्वको संख्या हेर्दा ११ वटा समितिमा रास्वपाले सभापति पाउने भएको छ भने सार्वजनिक लेखा समितिमा कंग्रेसको नेतृत्व हुने भएको छ । सबै समितिको सभापतिका लागि आज उम्मेदवारी परेको छ । कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा रास्वपाकी समिक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेलको उम्मेदवारी छ ।
महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचनको उम्मेदवारी परेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा अनुगमन तथा मुल्याङ्कन समितिको सभापतिमा गणेश कार्की र संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरी बुढाथोकी र उद्योग तथा वाणिज्य र श्रमत तथा उपभोक्ता हित समितिको जिम्म रहवर अन्सारीले उम्मेदवारी दिनुभएको छ । लेखा समिति सभापतिमा भने कंग्रेसका भरत खड्का, शिक्षा समितिमा एमालेका गुरु बराल र राज्यको निर्देशक सिद्धान्तसम्बन्धी समितिमा नेकपाकी गरिमा शाहले उम्मेदवारी दिनुभएको छ । सबै समितिको भोलिको बैठकमा सभापति चयनको प्रक्रिया पुरा हुनेछ ।









