कांग्रेसको सुनुवाइ हेर्दाहेर्दैमा

रेडियो कान्तिपुर संवाददाता

वैशाख ३, २०८३ | काठमाडौं

नेपाली कांग्रेसको आधिकारिकता विवादका विषयमा सर्वोच्च अदालतमा भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय शारंंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा भएको सुनुवाइ अब भोलि पनि हुने भएको छ । गत चैत २६ मा शेरबहादुर देउवा पक्षले नियमित महाधिवेशनको कार्यसूची रोक्न माग गर्दै पूरक निवेदन दिएको थियो । 

यसअघि नै दर्ता भएको रिटलाई पनि साथै राखेर हेरिनुपर्ने माग देउवा पक्षको थियो । सर्वोच्चले एकतर्फी रुपमा अन्तरिम आदेश जारी नहुने भन्दै चैत २७ गते दुवै पक्षलाई छलफलमा बोलाएको थियो । गत माघ ४ गते गगन थापालाई पार्टीको आधिकारिकता दिने निर्णयविरुद्ध रिट दायर भएको थियो । 

पार्टीको आधिकारिकतासम्बन्धी विवाद नटुंगिदासम्म १५औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न पछिल्लो रिटमा माग गरिएको छ ।सभापति गगन थापा पक्षले महाधिवेशनको तयारी गर्न थालेपछि त्यसलाई रोक्न देउवा पक्षले माग गरेका थिए । 


प्रतिक्रिया