बझाङमा पोखरीमा डुबेर दुइ बालबालिकाको ज्यान गयो
वैशाख ३, २०८३ | बझाङ, वसन्तप्रताप सिंह
बझाङ वित्थडचिर गाउँपालिकामा पोखरीमा डुबेर दुई जना बालबालिकाको ज्यान गएकोे छ । बित्थडचिर गाउँपालिका वडा नं १ का गगन बोहराको पाँच बर्षिय छोरा जेनिस बोहरा र सोही ठाउँका सन्तोस बोहराकी छ बर्षकी छोरी प्रिन्सा बोहराको मृत्यू भएको छ ।
सौचालयको लागि पानी संकलन गर्न बनाईएको पोखरीमा डुवेर उनिहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक दिपक विस्टले बताउनुभयो । बिस्टका अनुसार खेल्दै पोखरीमा पुगेका बालबालिकाको आज दिउँसो मृत्यू भएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।









