रास्वपा संसदीय दलको बैठकले मुख्य सचेतकमा बुर्लाकोटी
वैशाख ३, २०८३ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ । रास्वपाको संसदीय दलको बैठकले सचेतकको जिम्मेवारी दुई जनालाई दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।









