सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडाए

रेडियो कान्तिपुर संवाददाता

वैशाख २, २०८३ | काठमाडौं

भक्तपुरस्थित थिमीको बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । स्थानीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको छ । गत वर्ष पनि जिब्रो छेडाएका श्रेष्ठले जात्रालाई निरन्तरता दिन आज चौथौँपटक जिब्रो छेड्नुभएको हो । 

यस्तै आजै भक्तपुरको मध्यपुर थिमीमा सिन्दूर जात्रा धूमधामसँग मनाइएको छ । भक्तपुरको बिस्काः जात्राअन्तर्गत २ बैशाखमा थिमीमा सिन्दूर जात्रा गर्ने प्रचलन रहेको छ । जात्रामा थिमी क्षेत्रका ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गर्दै नगर परिक्रमा गर्दै मनाउने प्रचलन रहेको छ ।


प्रतिक्रिया