प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि आर्मी क्लब र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने

रेडियो कान्तिपुर संवाददाता

वैशाख २, २०८३ | काठमाडौं

प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएका अन्तिम खेलमा आर्मी क्लब र मधेश प्रदेश विजयी भएसँगै फाइनल खेल्ने टोलीका टुङ्गो लागेको हो ।

 जारी प्रतियोगिातमा अपराजित रहँदै आर्मी फाइनलमा पुगेको हो भने सुदूरपश्चिम प्रदेशको टोली तालिकाको दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । जनकपुरमा आज भएको खेलमा लुम्बिनी प्रदेशले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य आर्मीले २५ दशमलव २ ओभरमा पूरा गर्यो । 

यस्तै वीरगञ्जमा भएको खेलमा नेपाल पुलिस क्लब विरुद्ध मधेशले ४ विकेटको जित निकाल्यो । पुलिस क्लवले दिएको १ सय ३० रनको लक्ष्य मधेशले २४ दशमलव ४ ओभरमा पूरा गर्यो । प्रतियोगितामा एपीएफ तेस्रो तथा मधेश चौथो र पुलिस क्लब पाँचौं स्थानमा छ ।  


प्रतिक्रिया