युएईद्धारा १ सय २८ नेपालीलाई आममाफी

रेडियो कान्तिपुर संवाददाता

वैशाख २, २०८३ | काठमाडौं

युएईले रमजानको अवसरमा १ सय २८ नेपालीलाई आममाफी दिएको छ । पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । माफी दिइएको जानकारी मन्त्रालयले वक्तव्यमार्फत गराएको हो । 

नेपाल सरकारले यूएईको अबुधाबीस्थित नेपाल दूतावासमार्फत अनुरोध गरेपछि उनीहरुलाई कैदीलाई माफी दिइएको परराष्ट्रले बताएको छ । माफी पाएका नेपालीको पहिचान भने खुलाइएको छैन । आममाफी दिएकोमा नेपाल सरकारले यूएईप्रति कृतज्ञता प्रकट समेत गरेको छ ।


प्रतिक्रिया