साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालको पहिलो जित
माघ १, २०८२ | काठमाडौं
थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ । बैंककस्थित नन्थाबुरी स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ५–० गोलले पराजित गरेको हो । पहिलो हाफमा ४–० को अग्रता बनाएको नेपाली टोलीले दोस्रो आफमा थप एक गोल गर्दै सहज जित निकालेको हो ।
यसअघि भएको पहिलो खेलमा श्रीलंकासँग २–२ गोलको बराबरीमा रोकिएको नेपालले माल्दिभ्स माथि भने सहज जित हात पार्यो । आजको जित सँगै नेपालले जारी प्रतियोगितामा दुई खेलबाट चार अंक बनाएको छ ।
नेपालसँग पराजित भएको माल्दिभ्सको यो लगातार दोस्रो हार हो । नेपालले अब आफ्नो तेस्रो खेलमा पर्सी भारत विरद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तान र श्रीलंका गरी दक्षिण एसियाका सात राष्ट्र सहभागि छन् ।










