राष्ट्रिय लिग फुटवल भोलिबाट शुरु हुँद

रेडियो कान्तिपुर संवाददाता

पुस २९, २०८२ | काठमाडौं

भोलीबाट सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पत्रकार सम्मेलनमा लिगका लागि तयार रहेको क्लबहरुले जनाएका छन् ।

भोली हुने उद्धघाटन खेलमा सुर्खेतको काँंक्रेबिहार युथ क्लब र फ्रेन्ड्स क्लबीच प्रतिस्पर्धा हुनेछ । सो खेल एन्फा मैदानमा बिहान ११ बजे सुरु हुनेछ । 

यस्तै, भोली नै हुने अर्को खेलमा श्री भगवती क्लब र चर्च ब्वाईज युनाइटेड भिड्ने छन् । १७ टोली सहभागी हुन लिग विजेताले उपाधि सहित ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । 


प्रतिक्रिया