अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो

पुस २७, २०८२ | काठमाडौं

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघि भइरहेको अभ्यास खेलमा नेपालले अमेरिकालाई ४ विकेटले पराजित गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४९ रन बनाइन् । पूजा महतोले ४३, काजल श्रेष्ठले २८ तथा कविता जोशीले १२ रन जोडिन् ।

अमेरिकाकी तारा नोरिस र लेखा शेट्टीले २/२ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

उसका लागि एला क्लारिजले सर्वाधिक ३९ रन जोडिन् । नेपालकी मनिषा उपाध्यायले २ विकेट तथा कविता कुँवर, कविता जोशी, रिया शर्मा र रचना चौधरीले १/१ विकेट लिए ।

यसअघि भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो । 


प्रतिक्रिया