इस्लामिक स्टेटलाई लक्षित गर्दै बमबारी
पुस २७, २०८२ | काठमाडौं
अमेरिकाले सिरियामा रहेका इस्लामिक स्टेटलाई लक्षित गर्दै बमबारी गरेको छ ।
आज बिहान अमेरिकी फौजले इस्लामिक स्टेटलाई लक्षित गरी सिरियाका विभिन्न भागमा आक्रमण गरेको अमेरिकी केन्द्रिय कमाण्डले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
यद्यपि, क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन ।
गत डिसेम्बरमा इस्लामिक स्टेटका लडाकुँले अमेरिकी सैनिक र नागरिकमाथि आक्रमण गरेपछि त्यसको बदला लिँदै अमेरिकाले त्यहाँ सैन्य कारबाही गर्दै आएको छ ।
सिरियामा अमेरिकाको पछिल्लो आक्रमण त्यसैको निरन्तरता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाको नेतृत्वमा भएको त्यस्तो आक्रमणमा कहिलेकाहीँ सिरियाली सुरक्षा फौज पनि सामेल हुने गरेका छन् ।










