जसपा र लोसपाको एकताका लागि १२ वूदे समझदारी

रेडियो कान्तिपुर संवाददाता

पुस २७, २०८२ | काठमाडौं

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकताका लागि १२ वूदे समझदारी भएको छ । पुस १३ गते भएको सहमति अनुसार दुई पार्टीबीच एकता भएको हो । 

समझदारी अनुसार एकीकरण भई बनेको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल कायम राख्ने सहमति भएको छ भने पार्टीको चुनाव चिह्न ‘छाता’ नै राख्ने गरि नेताहरुले सहमति गरेका छन् । 

अब पार्टीको अध्यक्षका रुपमा उपेन्द्र यादव र संरक्षकमा महन्थ ठाकुर रहने गरि दुई पार्टीबीच विभिन्न १२ बूँदे सहमति भएको हो । सहमति अनुसार पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । 

त्यस्तै दुवै पार्टीका संगठन, भ्रातृ संगठन, शुभेच्छुक संस्था तथा विभागहरु जसपा नेपालको मातहतमा परिचालन गर्ने सहमति भएको छ ।

केन्द्रीय समन्वय समतिमा वृषेशचन्द्र लाल, मृगेन्द्र कुमार सिंह, रेणुकुमारी यादव, रकम चेमजोङ, लालबाबु राउत, लक्ष्मणलाल कर्ण, शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, ह्दयेश त्रिपाठी लगायतका नेता सदस्य भएका छन् । 


प्रतिक्रिया