लामिछानेविरुद्ध अदालतमा विचाराधीन अभियोगपत्र संशोधन गर्न दिइएको निर्देशनप्रति ओलीको आपत्ति

रेडियो कान्तिपुर संवाददाता

माघ १, २०८२ | काठमाडौं

रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्न महान्यायाधिवक्ता कार्यालयले दिएको निर्देशनप्रति एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाउनुभएको छ ।

 काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै ओलीले लामिछानेको नाम नलिई अभियोग परिवर्तन गरेर चुनावमा हिरो बनाउन खोजिएको बताउनुभयो । 

एमाले अध्यक्ष ओलीले महान्यायाधिवक्ता कार्यालयको भूमिकामाथि नै प्रश्न उठाउनुभएको छ । यसैबीच, एमाले अध्यक्ष ओलीले नेपाली कंग्रेस विभाजनको प्रसंगमा समेत अभिव्यक्ति दिनुभएको छ । कंग्रेसमा जस्तै एमालेमा पनि विवाद सृजना गर्न खोजिएको उहाँको भनाइ थियो। 


प्रतिक्रिया