नेपाल ‘ए’ टोलीले गुहाटीमा पाँच म्याचको सिरिज खेल्ने

भाद्र ७, २०८२

आगामी मंगलबारबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीको ‘ए’ टिमले भारतको गुहाटीमा ५ खेलको टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । 

अनिल शाहको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले यहि साउन १८ गतेसम्म हुने सिरिजका लागि टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा विकेट किपरका रुपमा शाह सहित अर्जुन घर्तीमगर, तृतराज दाश, शुभ कंशाकार इशान पाण्डे, देव खनाल, सन्दिप जोरा र विवेक यादव छन् । यस्तै पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमलसिंह ऐरी, आदिल आलम अन्सारी, शेर मल्ल तथा युवराज खत्री र सागर ढकाल छन् । 

क्यानका अनुसार नेपाली ‘ए’ टोलीले आसामको टोलीसँग सो सिरिज खेल्न लागेको हो । लामो समय देखि राष्ट्रिय टोलीको क्याम्पबाट बाहिर रहेका आदिल आलम अन्सारीले यसपटक अवसर पाएका छन् ।

 यस्तै सिनियर टोलीबाट खेल्दै आएका अनिल शाहलाई पहिलोपटक ‘ए’ टोलीको कप्तानको जिम्मेवारी दिइएको हो ।   


प्रतिक्रिया