रेल वेको पुल भत्किँदा चीनमा १२ जनाको मृत्यु

भाद्र ७, २०८२ | काठमाडौं

चीनको उत्तर–पश्चिमी क्षेत्र छिङहाइ प्रान्तमा निर्माणाधीन एक रेलवेको पुल भत्किँदा कम्तीमा १२ जना कामदारको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । 

दुर्घटना हुँदा पुलमा जम्मा १६ जना कामदार रहेको बताइएको छ । बेपत्ताको खोजीका लागि डुङ्गा, हेलिकप्टर तथा पानीमुनि चल्ने रोबोट प्रयोग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

१ दशमलव ६ किलोमिटर लम्बाइ रहेको सो पुल नदीको सतहबाट ५५ मिटर अग्लो छ । सार्वजनिक भएका फोटोमा रेलवेका लागि निर्माण गरिएको पुलको भूइँ तर्फको भाग नदीमा खसेको देख्न सकिन्छ ।  


प्रतिक्रिया