विद्या भण्डारी राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतराः शंकर पोखरेल

भाद्र ७, २०८२ | काठमाडौं

एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको टिप्पणी गर्नुभएको छ ।

दाङमा सञ्चारकर्मीसँगको कुराकानीमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनास्था फैलिने खतरा बढ्ने बताउनुभएको हो ।

उहाँले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा फर्काएर माओवादीले गल्ती गरेको उल्लेख गर्नुभयो ।     


प्रतिक्रिया