लुम्बिनी प्रदेश सभा बैठक बस्दै

जेष्ठ ३, २०८२ | काठमाडौं

लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशनको तेस्रो बैठक आज बस्दैंछ ।

दिउँसो १ बजे बस्ने बैंठकमा तीन महत्वपूर्ण एजेन्डा समावेश भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनु भयो ।

पहिलो एजेण्डा अन्तर्गत प्रदेश सभा सदस्यहरुले शून्य समयमा आफ्ना धारणा राख्नेछन् । 

दोस्रोमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन । 

साथै छलफलमा उठेका प्रश्नहरुको जवाफ समेत मन्त्री कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको छ ।

यस्तै मन्त्री कार्कीले प्रदेश आर्थिक ऐन, २०८१ को अनुसूची–२ मा भएको व्यवस्था हेरेफेर गरिएको सम्बन्धी विवरण सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 


प्रतिक्रिया