दरौदी नदिमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु

जेष्ठ ३, २०८२ | गोरखा
गोरखाको दरौदी नदिमा पौडी खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–४ का १५ बर्षिय सिजल गुरुङको डुवेर मृत्यू भएको छ ।
हिजो अजिरकोट गाउँपालिका–५ स्थित दरौदी नदिमा पौडी खेल्ने क्रममा गुरुङको डुवेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उनी ५ जना साथी सहित पौडी खेल्न दरौदी नदि पुगेका थिए ।
पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका उनलाई प्रहरीले मृत फेला पारेको जनाएको छ ।