इन्धनको मूल्य घट्यो

जेष्ठ ३, २०८२ | काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
गएराति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा तीन रुपैयाँ भाउ घटेको हो ।
निगमको नयाँ मूल्य सूचीअनुसार ढुवानीको हिसाबले एक देखि २ रुपैयाँसम्म फरक हुने निगमले जनाएको छ ।
काठमाडौँ, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा पर्नेछ।
यस्तै, सुर्खेत र दाङमा एक लिटरको १५६ रुपैयाँ पर्नेछ।