गण्डकी प्रदेशमा रेबिज खोप अभाव

जेष्ठ ३, २०८२ | काठमाडौं
गण्डकी प्रदेशमा रेबिज खोपको अभाव भएको छ ।
कुकुरले टोकेपछि लगाइने यो खोप जिल्लाका सरकारी स्वास्थ्य संस्थामा १ महिनादेखि अभाव भएको हो ।
जसको कारण बिरामीले निजी स्वास्थ्य संस्थामा गएर महँगो शुल्क तिरेर खोप लगाउनु पर्ने बाध्यता छ ।
जिल्लामा जिल्ला अस्पताल सहित ८ वटा स्थानीय तहका स्वास्थ्य केन्द्रबाट खोप लगाउने गरिएको छ ।
तर ,खोप अभावमा दुर्गम भेगका बिरामी सदरमुकाम र चितवनसम्मका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डारमेश कुमार केसीका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डौबाट प्रदेशमा खोप आपुर्ति हुने भएकाले केन्द्रबाट प्रदेशमा खोप उपलब्ध नहुँदा जिल्लामा पनि अभाव भएको बताउनुभयो ।