टोटनहमका प्रशिक्षक एन्ज पोष्टेकोग्लु बर्खास्त

जेष्ठ २४, २०८२ | काठमाडौं
टोटनहम हटस्परले प्रशिक्षक एन्ज पोष्टेकोग्लुलाई बर्खास्त गरेको छ । टोटनहमले सामाजिक सञ्जाल एक्समा लेख्दै पोस्टेकोग्लुलाई प्रशिक्षकको जिम्मेवारीबाट हटाएको जानकारी दिएको हो ।
उनकै नेतृत्वमा १६ दिन अगाडि मात्र टोटनहमले युरोपा लिग फुटबलको जितेको थियो । यसै क्रममा क्लबको १७ वर्ष लामो उपाधिहीन यात्रामा पूर्ण विराम लागेको थियो ।
बिलबाओमा भएको युरोपा लिगको फाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको थियो र यससँगै अबको सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि पनि छनोट भएको थियो । प्रिमियर लिगमा भने टोटनहमको प्रदर्शन राम्रो रहने सकेन ।
सिजनभर २२ खेल हारेको टोटनहम ३८ खेलबाट ३८ अंकसहित १७ औं स्थानमा रह्यो । जुन क्लबको प्रिमियर लिग इतिहासमै सबैभन्दा खराब प्रदर्शन थियो । टोटनहमले एक्समा लेख्दै टिममा परिवर्तन ल्याउनु यो नै सबैभन्दा उपयुक्त समय भएको बताएको छ ।