मान्छे सहित बन्दुुक बरामद

पुस २९, २०८२ | कपिलवस्तु

टिकटकमा बन्दुकको भिडियो पोष्ट गरेको आधारमा प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२, नरैनापुरका ४२ वर्षे बिनोदकुमार ओझालाई पक्राउ गरेको छ ।

अबैध रुपमा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले आफ्नो टिकटक आईडीबाट भरुवा बन्दुकको भिडियो पोष्ट गरेका थिए ।

भिडियो पोष्ट गरेपछि प्रहरी चौकी बेर्दमी र ईलाका प्रहरी कार्यालय, कृष्णनगरबाट खटिएको टोलीले ओझाको घरबाट अबैध बन्दुक बरामद गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया